कल्तु जमदार (ठाकू) सुन्दर बजार नगर भरि वाहालाई नचिन्ने
सायद कमै होला। वाहाको इमान्दारिता नै वाहको बिशेषता थियो। आफु भन्दा ठुलालाई
मात्र होइन साना भन्दा साना अनि निम्न वर्गहरुलाई पनि औधी आदरसाथ सम्मान, माँया र सदभाव
राख्ने वाहाको अर्को अतुलनिय स्वभावलाई म सिरोपर गर्दछु। आज संसारका अधिकांश
अगुवा तथा अभिबावकहरुमा बोली र ब्यबहारको टुङ्गो देखिदैनन्। हात्तीको देखाउने दुइ
ओटा दाँत जस्तै।केहि न केही कुराहरुमा चुकिरहेका हुन्छन् तर कल्तुं जमदार यस्तो
ब्यक्ती हुनुहुन्थ्यो वाहा “जे बोल्दथ्यो
त्यही गर्दथ्यो र जे गर्दथ्यो त्यही बोल्दथ्यो”। बोली, ब्यवहार
र कामद्वार नै उहाँको इमान्दारीता स्पस्ट झल्किन्थ्यो। आज वहा यो संसारमा हुनुहुन्न
तर वहाँको अस्तित्व वहाँको बाहुल्यता र प्रभाव तार्कु गहते भरि गुञ्जयमान छ।
बालक देखि सैनिक जीवन:
बिक्रम सम्बत १९८६ असार १५ मा जन्मिनु भएको आस बहादुर
गुरुङ्ग ६वर्षको कलिलो उमेरमै आमा गुमाउनु पर्यो। आमाको स्वरुप कस्तो हुनुहुन्थ्यो चिन्न
नपाउदै टुहुरो बन्नु पर्ने पिडा कस्तो थियो होला हामी अनुमान गर्न सक्दैनौ जति
वाहाले भोग्नु भएका थिए। त्यती मात्र कहाँ हो रा उहाँको आमाले यो दुनिया त्यागे पछि उहाँको
बुबा लाल सुब्बा गुरुङ्गले पनि आफ्नो नावालक छोरा र ५-६ महिनाको छोरी छोडेर सदाको लागी बर्मा (मेनमार) पलाएन हुनु भयो र कहिल्यै फर्किनु भएन।यो परिस्थितिमा उहाँलाई उहाँलाई हुर्काउन बढाउनको लागी उहाँको आफ्मानै मा फुपुले ठुलो भुमिका खेलेका कुराहरु उहाँको मुखबाट सनेका थिए। सानै उमेर देखी संघर्षको जीवन सुरु गर्नु भएको बालक आस बहादुरले स्कुलको त परै जाओस पढाइको
एउटा अक्षेर पनि चिन्ने मौका पाउनु भएन।मामा तथा फुपुहरुको घर बाङ्ग्रे(थान्शिङ्ग)मा भेडा, बाख्रा, गाई
भैसीसँग रमाउदै कडा परिश्रम गर्न सिक्नु भयो उहाँको लागी प्रारथमिक बिध्यालय नै
घाँस, दाउरा, गोठालो र मेलापात तथा खेती किसानी
थियो। यसरी बच्पन देखीको संघर्षमय जीवन सुरुवात गर्दै १६ वर्षको कलिलो उमेरमै बि.स. २००२ मा भारतिय सेनामा (Boy) मा भर्ती हुनुभयो। सेनामा हुदा सेवा अवधि भर नेपाली,
अंग्रेजी पढ्न लेख्न तथा हिसाबहरु गर्न सिकाउन सक्ने गरि सम्म शिक्षा हाँसिल गर्नु भयो र बिक्रम सम्बध २०२४ सालमा २२ वर्ष सैनिक जीवन यापन गरि “जमदार” साहबको
पदमा पेन्सन आउनु भएका थिए।
बिबाह तथा परिवार:
जब उहाँ भारतिय सैनिकमा भर्ति भइ पहिलो छुट्टी आउनु
भयो तब उहाँ फेरी मावली गाँउ (बाङ्ग्रे) मा बस्नु चाहनु भएन तर आफ्नै पैत्रिक घरबारी जग्गा खोज्दै
तार्कु गहते (कल्तुं) आउनु भयो।उहाँको धर्म पत्नी स्व:श्रीमती यो मायाँ
गुरुङ्गसँग कति वर्षमा बिबाह गर्नु भयो त्यो स्पस्ट मिती पाउन नसके पनि २५ वर्षको
उमेरमा पहिलो सन्तान (छोरी) पाउनु भएका थिए। यसरी बिक्रम सम्बध २०११ देखि २०३५
सम्म स्व: जमदार आस बहादुर र जमदारनी यो मायाको कोखबाट ६ बहीनी छोरी र ५ भाइ
छोराहरु गरि ११ जना सन्तानको बुबा आमा बन्नुभयो र सन्तानले डाँडा काँडा ढाक्नु
पर्छ भन्ने पुर्खाहरुले दिइएको आशिष पुरा भए।उहाहरु दुबै जना कडा परिश्रमी
हुनुहुन्थ्यो फलस्वरुप कल्तुंको १०० रोपनी भन्दा बढी जंगल भइसकेका जमिन फडालेर
खेती उब्जनी गराइ वरपरका गाँउ समाजका अपुग भएकाहरुलाई बाँढ्न समेत सक्षम थिए।
त्यसैले कल्तुं जम्दार र जमदारनी भन्नासाथ चिनजान सबैले आदर श्रध्दा गर्दथे।
फेरी अंध्यारो:
उहाँ ६४ वर्षको उमेर हुदा बिक्रम सम्वत २०५० भदौ २० गते उहाँको श्रीमती घाँटिको क्यानसर भएको कारण “शिर मेमोरियल
क्यानसर अस्पताल” बनेपामा उपचारकै क्रममा देहान्त हुनुभयो। जस्ले
उहाँलाई फेरी एक्लो बन्नु बाध्य बनाए।मानिसलाई साहारा त्यतीखेर चाहिन्छ जव उ अफै
सम्हाल्न असक्षम हुन्छ।उहाँ माथी यो ठुलो बज्रपात परेको थियो तर बिधिको
बिडम्बनालाई कस्ले पो बदल्न सक्थ्यो रा। यो चोटले उहाँ धेरै गल्नु भयो, विरहमा
रुदै अर्ध पागल सरह भौतारि रहनु भयो।
जसलाई चोट परेको हुन्छ उसलाई त्यती खेर मात्र महसुस हुन्छ चोटको पिडा। उहाँले त्यही
वियोगको अवस्थामा एक पटम म सँग भन्नु भएको थियो।
“मैले मेरो बुबालाई कहिल्यै क्षमा गर्नु सकिएन सुरुसुरुमा त माँया मोहका राम्रै कुराहरु लेखेर पत्रहरु पठाइरहेका थिए र उहाँको पत्र पनि त्यस्तै आइरहन्थ्यो तर पछि गएर मैले हुन सम्म गालिगरेर पत्र पठाए र बन्द गरिदिए।यो मेरो ठुलो भुल रहेछ अहिले मलाई महसुस भयो त्यतिखेर उहाँलाई पनि अहिले मलाई जस्तै भएको थियो होला र यो ठाँउ छोडेर मुग्लान पस्नु भयो। आज मेरो पनि त्यतिको उमेर भएको भए फकिर बनेर बिपत्ता हुनेथे”।
आखाँबाट अविरल आँसु झार्दै मेरो बुबाले भन्नु भएको भरखरै जस्तो लाग्छ।तर म सँग कुनै जवाफ थिएन उहाँको आँसुले मलाई पिरोली रहन्थ्यो।त्यसको केही महिना पछि होला उहाँले साली पर्ने छिमेकी पुन माँया गुरुङ्गलाई जीवन साथीको रुपमा ल्याउनु भयो बिक्रम सम्बध २०६४ श्रावण १५ गते म मलेसियामा हुदा बुबाले ७८ वर्ष १ महिना हुदा यो दुनिया र हामी सबैलाई त्यागेर सदाको लागी मलाई जन्म दिनुहुने र उहाँले औधि माँया गरिरहनु भएको आमा निर जानु भएको छ। मलाई आषा छ उहाँ अहिले पिडामा हैन चोटमा हैन र दु:खमा हैन आमा बुबा दुवै जना अनन्तको शान्तिमा रमाइ रहनु भएको छ। यो नै अन्त विश्राम हो जहाँ कुनै न कुनै दिन हामी सबै जानै पर्छ।

www.meroculture.blogspot.com