August 09, 2020

तिर्थमान र नसोचेको आशिष


                सुन्दर बजार नगरपालिका वडा न:९ गहते निवासी बुबा मेख बहादुर गुरुङ्ग र आमा मिन कुमारी गुरुङ्गको कोखबाट बिक्रम सम्बत २०५० भदौ ७ गते जन्म भएको तिर्थमान गुरुङ्ग जन्मिएको सात दिनमै जेन्डिस भएको थियो।स्थानिय स्वास्थ्य केन्द्रबाट उपचार गराए पछि फेरी टाइफाइट ज्वरोले ग्रसित हुन पुग्यो।यसरी एक पछि अर्को गर्दै बिरामीको चपेटामा परेका तिर्थमान ८ वर्ष पुगिसक्दा पनि उठेर बस्न सम्म सकेका थिएनन् उनलाई दिनहूँ आमा वा बुबाले दिसा पिसाव तथा खुवाउने पियाउने गर्नु पर्दथ्यो।त्यस पछिका एक भाइ र बहिनि शारिरिक रुपमा तन्दुरुस्त छन् तर उ मात्र त्यो अवस्थामा हुदा परिवारमा हुन सम्म बेचैन थियो।

उसको उपचारको निम्ति पोखराको बिभिन्‍न प्राइभेट तथा सरकारी अस्पताल (गण्डकी) मा लामो समय उपचार गराए तर कुनै सुधार हुन सकेनन् त्यति मात्र हैन देखेका र चिनेका गाँउ घरमा भएका धामी-झाँक्रि­­­­,देवी-देवता, मठ-मन्दिर, तिर्थ-ब्रत केहि बाँकी राखेका थिएन उसको उपचारमा भौतारिदा भौतारिदै पोखरामा एउटा चर्चको अगुवा भेटियो उहाँकै सल्लाह अनुसार हामीले एक दिन तिर्थमानलाई मालेपाटन नजिकै पर्साङको चर्च संगतीमा लगियो जहाँ मलाई लाग्छ प्रेरित ३:७,८ होला (……तुरुन्‍तै त्‍यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो।अनि जुरुक्‍कै उठेर त्‍यो खड़ा भयो र हिँड्‌न थाल्‍यो) भन्‍ने बचन प्रचार भइरहेका थिए जुन बचनले हाम्रो मन छोयो भित्रैबाट बिश्‍वास तथा आषा लाग्न थाले र हामी हरेक हप्‍ता जान थाल्यौ र दिन प्रतिदिन विश्‍वास बढ्दै गए।एक पटक (२०४९ तिर होला) पोखरा नदिपुरमा चङ्गाई कार्यक्रम थियो जहाँ सबैले प्रार्थना गर्दै गर्दा ८-९ वर्ष सम्म ओछ्यान नछोडेको केटा सबैलाई चकित पार्दै जुरुक्‍क उठेर धर्मरिदै २,३ फन्को मारेको थियो।यसले झन हामीमा बढी बिश्‍वास लाग्न थाले।त्यस पछि हामीले उपचार गर्न छोडेर प्रभु येशूमा मात्र बिश्‍वास गरि प्रार्थना गरि रह्यौ।

तिर्थमान करिब १२ वर्ष पुगे पछि बल्‍ल हल्का उभिन थाले तर खुवाउन र दिसा पिसाब गर्न अरुले सहायता गर्नु पर्दथ्यो।करिब १५-१६ वर्ष पुगेपछि बल्‍ल उस्ले आफ्नो खुट्टाले खान थालेका हुन।अझै पनि हातले केहि गर्नु सक्दैनन् जे गर्नु पर्ने हो खुट्टैले मात्र गर्ने गर्दछन्।उसले स्कुल कहिल्यै देख्‍नु पाएनन् तर बाइबल राम्रोसँग पढ्न र खुट्टाले नै लेख्‍न पनि सक्दछ।सधै कोठा भित्र थुनिएर बस्ने तिर्थमानको मनोरञ्‍जन तथा साथी नै मोवाइल मात्र थियो। फेसबुक चलाउनु र गेम खेल्नु उसलाई कसैले सिकाउनु परेन खुट्टैले टाइप गरेर बचनहरु हाल्ने र आर्ट गर्ने उसको राम्रो बानी अझै छ।त्यही फेसबुक मार्फत स्याङजा जिल्ला, पुतली बजार वडा न:८ घर भइ कन्या क्याम्पस नदिपुर पोखरामा कक्षा ११ मा अध्ययनरत सुश्री कल्पना थापा (मगर) सँग साथी तथा गहिरो सम्बन्धमा डुब्न पुगेको दुवै जनालाई पत्तै लागेनछ।तिर्थमान सारिरिक रुपमा असक्ष्यम भएता पनि शारिरक सक्ष्यम तथा ‌११ कक्षा पढ्दै गरेकी सुन्दर कल्पना उनको जीवनमा साथी बन्‍नु आउदा झट्ट हेर्दा कस्लाई पो बिश्‍वास लाग्थ्यो होला रपनि तिमोथीले आफ्नो शरिरको बारेमा हुबहु बताउदा बताउदै पनि कल्पना थापाले कुनै हालतमा नत्याग्ने र जीवनभर साथ दिने बाचा गरि लकडाउन हुदाहुदै कसैको गाडीमा महङ्गो भाडा तिरी पोखराबाट २०७७ असारको अन्तिम हप्‍तातिर तिर्थमानलाई भेट्न काठमण्डौ आउनु भएको थियो यो भेटघाटले उनिहरुको सम्बन्धमा झनै सुमधुर बनायो।एक अर्का विना बाँच्नै नसकिने देखिएको हुनाले यो जोडीको बिषयमा सोच्न बाध्य बनायो र मैले कल्पना नानीलाई पहिलो भेटमा यसरी सोधेको थिए नानी मेरो छोरा यस्तो प्रकारको अति असक्ष्यम देख्दा देख्दै कुन आधारमा मन परायौ? कल्पनाको जवाफ थियो यहि शारिरिक असक्ष्यम भएको कारण मैले हजुरको छोरालाई मन पराएको हुं।मसँग कुनै जवाफ थिएन म हेरिरहे र सोचिरहे कस्तो असाधरण हृदय भएकी नारी अधिकांश नारिहरु कुसल स्वभाव, सुन्दर शरिर, शिक्षित तथा सम्पत्ती भएको पुरुष रोज्छन् तर कल्पना थापा हजारौमा एक नारी होला शारिरिक अशक्षम, अशिक्षित र टुटेको परिवारमा हुरकिएको मुस्किलैले कोठा भित्र बाहीरा मात्र गर्न सक्ने पुरुषलाई आफ्नो जीवन साथीको रुपमा छानेकी छिन। हृदयमा खुसिले गदगदहुदै मनैबाट सोलुट गरें र भन्‍न थाले नानी पहिला आफ्नो आमा बुबासँग सल्लाह गर्नु वाहाहरुको अनुमति र आशिषबाट मात्र यो विवाह सम्पन्न हुन सक्छ।हुनसक्छ भने बुबा वा आमालाई पनि साथमा ल्याउनु भनेर उही दिन नानीलाई आफ्नो घर जानु भनि म फर्किए। त्यही दिन नानी स्याङजा जानु भयो घरमा सल्लाह गरेर हप्ता दिन पनि नपुग्दै कल्पना नानी फेरी तिर्थमान निर आउनुभयो।नानी एक्लै आउनुभएको हुनाले मैले नानीको घरको फोन नम्बर मागी कल गरे बुबाले फोन उठाउनु भयो तर आमा बोलनु भयो मैले सबै कुराहरु सोधे र आमाबाट पनि यो विवाहमा सहमती भेट्टाए।त्यस पछि बल्ल पास्टर प्रकास दाहाल (काठमण्डौ मण्डली) र पास्टर डेभिड आचार्य (नेपाल शान्ति चर्च)

ज्यूहरुको सहयोगमा बिक्रम सम्वत २०७७ श्रावण १२ गते (२७ जुलाइ २०२०) सोमबारको दिन पवित्र विवाह सम्पन्‍न भयो।

कसैले पनि सोचेको थिएन होला मेरो तिर्थामानले जीवन साथी पाउन सक्छ भनेर दिनहु कोठा भित्र थुन्‍निएर मोवाइलमा गेम खेल्न बाहेक जीवनमा अरु केहि गर्नु सक्ला रा जस्तो लाग्नु स्वभाविकै थियो तर हामी स्वर्ग र पृथ्वी सृस्टि गर्नुहुने परमप्रभुमा भरोसा राखेको कारण उहाँले तिर्थमानको जीवनमा आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो।उत्पत्ति २:१८ फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु। परमेश्‍वरले कहिल्यै पनि झुट बोल्न सक्नुहुन्‍न कारण उहाँ हामी जस्ता मानिस हुनुहुन्‍न।(तीतस १:२ जुन विश्‍वास र ज्ञान अनन्‍त जीवनको आशामा स्‍थिर छन्‌, अनि कहिल्‍यै झूट नबोल्‍नुहुने परमेश्‍वरले अनन्‍त कालदेखि प्रतिज्ञा गर्नुभयो) मानिसले आफ्नो स्वार्थ पुर्तिको निम्ती पटक पटक ढाँट्न सक्छ तर यस घट्नाले यो प्रमाणित गरिदियो कि परमेश्‍वरले ढाँट्न सक्नुहुन्‍न र उहाँमाथी भरोसा गर्ने जो कोहिलाई लाजमा पनि पर्न दिनु हन्‍न।परमेश्‍वर प्रेम हुनुहुन्छ।उहाँ हामी सबैलाई प्रेम गर्नुहुन्छ। चाहे शारिरीक अशक्ष्यम होस वा शक्ष्यम उहाँको प्रेम र न्यायमा कुनै भेदभाव छैन।परमेश्‍वरको नजरमा हामी सबै बराबर छौ र प्रभु येशूको आज्ञा पनि यहि छ हामी उहाँ जस्तै आत्मिक र मानसिक रुपमा शिध्द हुनु पर्दछ।म देख्दछु कतिपए मानिसहरु शारिरीक रुपमा सक्ष्यम भएतापनि मानसिक अपांगता बोकिरहेका हुन्छन् भएभरका सहयोग र मद्दत उनिहरु आफ्नै लागी मात्रै खोज्दछन्।तर शिध्द र सपांग ब्यक्ति उही हो जो शारिरिक अपांगहरुको सहयोग गर्दछन् उनिहरुलाई जीउन सिकाउछन् ति हजारौमा एकको ‌औषतमा पाउन सक्छ।यो ज्वालन्त एक उदाहरण हो कल्पना थापा जस्ले शारिरिक रुपमा असक्ष्यम तिर्थमानसँग जीवनभर साथदिने पवित्र विवाहको डोरिमा बाँधिएर साथदिन राजी भइन।उसको साहाराको आवस्यकता बुझ्न सक्यो।उसको भावना र आम मानिसका जस्तै शारिरिक चाहनाको आभाष महसुस गर्न सक्यो।परमेश्‍वरले यो जोडीलाई जीवनभर उहाँको प्रशस्तताबाट आशिष दिउन्। समय परिस्थिति तथा आपतविपतले जीवनको अनितम घडीसम्म मृत्यूले बाहेक कुनै पनि कुराहरुले उनिहरुलाई अलग नगरुन।(मत्ती १९:६ ती अब दुई होइनन्‌, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोर्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।) 


June 02, 2020

भुल्न नसकिने कथा


कल्तु जमदार (ठाकू) सुन्दर बजार नगर भरि वाहालाई नचिन्‍ने सायद कमै होला। वाहाको इमान्दारिता नै वाहको बिशेषता थियो। आफु भन्दा ठुलालाई मात्र होइन साना भन्दा साना अनि निम्न वर्गहरुलाई पनि औधी आदरसाथ सम्मान, माँया र सदभाव राख्‍ने वाहाको अर्को अतुलनिय स्वभावलाई म सिरोपर गर्दछु। आज संसारका अधिकांश अगुवा तथा अभिबावकहरुमा बोली र ब्यबहारको टुङ्गो देखिदैनन्। हात्तीको देखाउने दुइ ओटा दाँत जस्तै।केहि न केही कुराहरुमा चुकिरहेका हुन्छन् तर कल्तुं जमदार यस्तो ब्यक्ती हुनुहुन्थ्यो वाहा जे बोल्दथ्यो त्यही गर्दथ्यो र जे गर्दथ्यो त्यही बोल्दथ्यो। बोली, ब्यवहार र कामद्वार नै उहाँको इमान्दारीता स्पस्ट झल्किन्थ्यो। आज वहा यो संसारमा हुनुहुन्‍न तर वहाँको अस्तित्व वहाँको बाहुल्यता र प्रभाव तार्कु गहते भरि गुञ्‍जयमान छ।

बालक देखि सैनिक जीवन:

बिक्रम सम्बत १९८६ असार १५ मा जन्मिनु भएको आस बहादुर गुरुङ्ग ६वर्षको कलिलो उमेरमै आमा गुमाउनु पर्‍यो। आमाको स्‍वरुप कस्तो हुनुहुन्थ्यो चिन्‍न नपाउदै टुहुरो बन्‍नु पर्ने पिडा कस्तो थियो होला हामी अनुमान गर्न सक्दैनौ जति वाहाले भोग्नु भएका थिए। त्यती मात्र कहाँ हो रा उहाँको आमाले यो दुनिया त्यागे पछि उहाँको बुबा लाल सुब्बा गुरुङ्गले पनि आफ्नो नावालक छोरा र ५-६ महिनाको छोरी छोडेर सदाको लागी बर्मा (मेनमार) पलाएन हुनु भयो र कहिल्यै फर्किनु भएन।यो परिस्थितिमा उहाँलाई उहाँलाई हुर्काउन बढाउनको लागी उहाँको आफ्मानै मा फुपुले ठुलो भुमिका खेलेका कुराहरु उहाँको मुखबाट सनेका थिए। सानै उमेर देखी संघर्षको जीवन सुरु गर्नु भएको बालक आस बहादुरले स्कुलको त परै जाओस पढाइको एउटा अक्षेर पनि चिन्ने मौका पाउनु भएन।मामा तथा फुपुहरुको घर बाङ्ग्रे(थान्शिङ्ग)मा भेडा, बाख्रा, गाई भैसीसँग रमाउदै कडा परिश्रम गर्न सिक्नु भयो उहाँको लागी प्रारथमिक बिध्यालय नै घाँस, दाउरा, गोठालो र मेलापात तथा खेती किसानी थियो। यसरी बच्पन देखीको संघर्षमय जीवन सुरुवात गर्दै १६ वर्षको कलिलो उमेरमै बि.२००२ मा  भारतिय सेनामा (Boy) मा भर्ती हुनुभयो। सेनामा हुदा सेवा अवधि भर नेपाली, अंग्रेजी पढ्न लेख्‍न तथा हिसाबहरु गर्न सिकाउन सक्ने गरि सम्म शिक्षा हाँसिल गर्नु भयो र बिक्रम सम्बध २०२४ सालमा २२ वर्ष सैनिक जीवन यापन गरि जमदार साहबको पदमा पेन्सन आउनु भएका थिए।

बिबाह तथा परिवार:

जब उहाँ भारतिय सैनिकमा भर्ति भइ पहिलो छुट्टी आउनु भयो तब उहाँ फेरी मावली गाँउ (बाङ्ग्रे) मा बस्नु चाहनु भएन तर आफ्नै पैत्रिक घरबारी जग्गा खोज्दै तार्कु गहते (कल्तुं) आउनु भयो।उहाँको धर्म पत्‍नी स्व:श्रीमती यो मायाँ गुरुङ्गसँग कति वर्षमा बिबाह गर्नु भयो त्यो स्पस्ट मिती पाउन नसके पनि २५ वर्षको उमेरमा पहिलो सन्तान (छोरी) पाउनु भएका थिए। यसरी बिक्रम सम्बध २०११ देखि २०३५ सम्म स्व: जमदार आस बहादुर र जमदारनी यो मायाको कोखबाट ६ बहीनी छोरी र ५ भाइ छोराहरु गरि ११ जना सन्तानको बुबा आमा बन्‍नुभयो र सन्तानले डाँडा काँडा ढाक्नु पर्छ भन्‍ने पुर्खाहरुले दिइएको आशिष पुरा भए।उहाहरु दुबै जना कडा परिश्रमी हुनुहुन्थ्यो फलस्वरुप कल्तुंको १०० रोपनी भन्दा बढी जंगल भइसकेका जमिन फडालेर खेती उब्जनी गराइ वरपरका गाँउ समाजका अपुग भएकाहरुलाई बाँढ्न समेत सक्षम थिए। त्यसैले कल्तुं जम्दार र जमदारनी भन्‍नासाथ चिनजान सबैले आदर श्रध्दा गर्दथे।

फेरी अंध्यारो: 




उहाँ ६४ वर्षको उमेर हुदा बिक्रम सम्वत २०५० भदौ २० गते उहाँको श्रीमती घाँटिको क्यानसर भएको कारण शिर मेमोरियल क्यानसर अस्पताल बनेपामा उपचारकै क्रममा देहान्त हुनुभयो। जस्ले उहाँलाई फेरी एक्लो बन्‍नु बाध्य बनाए।मानिसलाई साहारा त्यतीखेर चाहिन्छ जव उ अफै सम्हाल्न असक्षम हुन्छ।उहाँ माथी यो ठुलो बज्रपात परेको थियो तर बिधिको बिडम्बनालाई कस्ले पो बदल्न सक्थ्यो रा। यो चोटले उहाँ धेरै गल्नु भयो, विरहमा रुदै अर्ध पागल सरह भौतारि रहनु  भयो। जसलाई चोट परेको हुन्छ उसलाई त्यती खेर मात्र महसुस हुन्छ चोटको पिडा। उहाँले त्यही वियोगको अवस्थामा एक पटम म सँग भन्‍नु भएको थियो।
मैले मेरो बुबालाई कहिल्यै क्षमा गर्नु सकिएन सुरुसुरुमा त माँया मोहका राम्रै कुराहरु लेखेर पत्रहरु पठाइरहेका थिए र उहाँको पत्र पनि त्यस्तै आइरहन्थ्यो तर पछि गएर मैले हुन सम्म गालिगरेर पत्र पठाए र बन्द गरिदिए।यो मेरो ठुलो भुल रहेछ अहिले मलाई महसुस भयो त्यतिखेर उहाँलाई पनि अहिले मलाई जस्तै भएको थियो होला र यो ठाँउ छोडेर मुग्लान पस्नु भयो। आज मेरो पनि त्यतिको उमेर भएको भए फकिर बनेर बिपत्ता हुनेथे 
आखाँबाट अविरल आँसु झार्दै मेरो बुबाले भन्‍नु भएको भरखरै जस्तो लाग्छ।तर म सँग कुनै जवाफ थिएन उहाँको आँसुले मलाई पिरोली रहन्थ्यो।त्यसको केही महिना पछि होला उहाँले साली पर्ने छिमेकी पुन माँया गुरुङ्गलाई जीवन साथीको रुपमा ल्याउनु भयो बिक्रम सम्बध २०६४ श्रावण १५ गते म मलेसियामा हुदा बुबाले ७८ वर्ष १ महिना हुदा यो दुनिया र हामी सबैलाई त्यागेर सदाको लागी मलाई जन्म दिनुहुने र उहाँले औधि माँया गरिरहनु भएको आमा निर जानु भएको छ। मलाई आषा छ उहाँ अहिले पिडामा हैन चोटमा हैन र दु:खमा हैन आमा बुबा दुवै जना अनन्तको शान्तिमा रमाइ रहनु भएको छ। यो नै अन्त विश्राम हो जहाँ कुनै न कुनै दिन हामी सबै जानै पर्छ।
                                                                   www.meroculture.blogspot.com


May 22, 2012

के मान्छे बाँदरबाट आएको हो?


    विकासवादी सिद्धान्तको विरुद्धमा विज्ञान
    आज "विज्ञान" को भेष धारण गरेकोले श्रद्धा पाएको, तर बास्तवमा अवैज्ञानिक रहेको, क्रम-विकासवाद (Evolutionism) ले धेरैलाई भ्रममा पारेको छ। बाइबलमा उल्लेखित सृष्टिको विवरण सुन्दा उनीहरू आपत्ति जनाउँदै भन्छन्, "विज्ञानसँग आदम र हव्वाको कुरा मेल खाँदैन। विज्ञानअनुसार मानिसको उत्पत्ति एक-कोषीय जीवको क्रमिक विकासबाट भएको हो। विज्ञानअनुसार एक-कोषीय जीव सञ्जोगले उत्पन्न भएको हो", आदि इत्यादि।
    विज्ञानअनुसार? उनीहरूको भनाइ बास्तवमा "विकासवादी सिद्धान्तअनुसार" मात्र हो, विज्ञानअनुसार होइन। निर्जीवबाट जीवको उत्पत्ति भएको एउटै प्रमाण छैन, त्यो परिकल्पनामै सीमित छ। बास्तवमा विकासवादी सिद्धान्त र विज्ञान आपसमा मिल्दैनन्।
    जीव-शास्त्र (Biology) विज्ञानको एउटा नियमलाई जीवजनन्‌को नियम अथवा ' अफ बायोजेनेसिस्' (Law of Biogenesis)1 भनिन्छ। यस नियमले दुइटा कुरा विश्वव्यापी रूपमा स्थापित भएको बताउँछ: () एउटा जीवको उत्पत्ति अर्को जीवबाट मात्र हुन सक्छ। () एक खाले जीवको उत्पत्ति त्यही खाले जीवबाट मात्र हुन सक्छ।
    तर विकासवादी सिद्धान्तले -- बिनाप्रमाण -- यसको ठीक उल्टो दाबी गर्दछ () निर्जीव रसायनिक तत्त्वहरू मिल्न गई एक-कोषीय जीवको उत्पत्ति भएको दाबी। () उक्त एक-कोषीय जीव (एक खाले जीव) को क्रमिक विकासबाट पृथ्वीका सबै प्राणीहरू (अर्कै खाले जीवहरू) उत्पन्न भएका दाबी।
    रसायनिक तत्त्वबाट जीव उत्पन्न हुन सक्छ भन्ने प्रमाण भेटिएको , एक खाले जीवबाट अर्को खाले जीवको उत्पत्ति भएको प्रमाण छ।
    अझ, उन्नाइसौं शताब्दीमा सरल बनौटको भनी ठानिएका एक-कोषीय जीवहरू बास्तवमा निकै जटिल बनौटका हुँदा रहेछन् भन्ने कुरा पछिबाट थाह हुन आएको छ।
    "आधुनिक मान्छे आफू बुद्धिमान् छु भन्ने दाबी गर्दै वास्तवमा मूर्ख नै भएको कुराको उदाहरणका लागि सेप्टेम्बर १९७६ को नेशनल जिओग्राफिक पत्रिका (National Geographic) को "कोषभित्रका अचम्मका संसारहरू" ("Awesome Worlds Within a Cell") भन्ने लेख पढ्न सकिन्छ। पृष्ठ ३५८ मा लेखकहरूले कोषको अत्यन्तै जटिल बनावटको बयान गर्दछन्। वास्तवमा "सरल एक-कोषीय जीव" भन्ने त्यस्तो कुनै कुरो पाइँदैन! सबैभन्दा सरल कोष समेत एउटा "माइक्रो ब्रह्माण्ड" ("a micro-universe") पो रहेछ (पृष्ठ ३५८)। अनि पृष्ठ ३८८ मा हामी पढ्छौं, "…यो नै जीवशास्त्रको प्रमुख समस्या हो। यस्तो जटिलपन (complexity) कसरी हुन आयो?…जीवशास्त्रीहरूले विज्ञानको यस गहिरो, आधारभूत रहस्यलाई अझसम्म बुझ्न सकेका छैनन् अर्थात् यी सब कुराको सुरु कसरी भयो?" त्यसपछि पृष्ठ ३९० मा "विज्ञहरू" ले यसको जवाफ दिँदै पर्याप्‍त समय दिइयो भने असम्भव पनि सम्भव हुन्छ भन्दै सबै कुराको श्रेय सञ्जोगलाई दिन्छन्! समय, सन्जोग र विकासवादी सिद्धान्त भए सबै कुरा सम्भव हुन्छन् अरे!!! "तिनीहरू मूर्ख बने" -- रोमी १:२१-२२।" (जर्ज जेलर, रोमीको टिप्पणी)
    अप्रमाणित कुरो विज्ञान होइन। विज्ञान भनेको भौतिक विश्व-ब्रह्माण्ड सम्बन्धी प्रमाणित ज्ञान हो। विकासवादी सिद्धान्त भनेको भौतिक विश्व-बह्माण्डको उत्पत्ति सम्बन्धी एउटा अप्रमाणित परिकल्पना मात्र हो। उन्नाइसौं शताब्दीका चार्ल्स डारविन (Charles Darwin) द्वारा प्रतिपादित उक्त परिकल्पना वैज्ञानिक प्रणाली (Scientific Method)2 द्वारा कहिल्यै प्रमाणित गरिएको छैन।
    विज्ञानको मूल आधार अवलोकन हो। उत्पत्तिको प्रारम्भमा मान्छे थिएन, उसले अवलोकन गर्न सक्ने कुरै भएन। त्यसैले उत्पत्ति सम्बन्धी पक्का सत्य-तथ्य विज्ञानको पहुँचभन्दा बाहिर छ।
    सृष्टिको प्रारम्भमा केवल अनादिदेखिको त्रिएक सृष्टिकर्ता परमेश्वर मात्र हुनुहुन्थ्यो। उहाँले मात्र हामीलाई सृष्टिको उत्पत्ति सम्बन्धी सत्य-तथ्य बताउन सक्नुहुन्छ। उहाँले बाइबलमा सो बताउनु भएको छ। बाइबलमा बताइएका कुरा विज्ञानसँग बेमेल छैनन्। किनकि दुवै बाइबल र विश्व-ब्रह्माण्ड सृष्टिकर्ताकै रचना हुन्। (बाइबल वैज्ञानिक तवरले अचूक छ भन्ने कुराको केही प्रमाणका लागि पढ्नुहोस्: बाइबलको प्रमाण)
    हामीलाई प्रभु येशूको भनाइ पर्याप्‍त छ। बाइबलमा उल्लेखित सृष्टिको विवरण अक्षरशः सत्य भएको उहाँले जनाउनुभयो,
    "के तिमीहरूले [बाइबलको उत्पत्तिको पुस्तकमा] पढेका छैनौ? [सृष्टिको] शुरुमा जसले तिनीहरूलाई नर र नारी [आदम र हव्वा] बनाउनुभयो..." (मत्ती १९:)
  1. http://en.wikipedia.org/wiki/Biogenesis
  2. Henry Morris, Ph.D., The Scientific Case Against Evolution: A Summary Part 1, http://www.icr.org/article/457


May 25, 2011

सोल्टी र म

हरेक स्‍त्रीबाट जन्‍मेको मानिस अल्‍पआयुको र अशान्‍तिले भरिएको हुन्‍छ,  त्‍यो फूलझैँ फक्रन्‍छ र ओइलाइहाल्‍छ। त्‍यो क्षणिक छायाजस्‍तै हराइहाल्‍छ, रहँदैन (अय्यूब १४:१-२)

किन यस्तो घट्ना सुन्‍नु परेको होला यि कानहरुले बरु कानै नभइदिएको भए कस्तो हुन्थ्यो होला।किन यो दिन देख्‍न परेको मैले जब पिडा सहन मुटु नै फुटे जस्तो हुन्छ भने दैव पनि कस्तो निष्‍ठुरी बाध्यतामा असाह्य कष्‍टहरु सहदै रोई रोई मृत्यु पुकारी पर्खिरहेका अनागिन्ति बेहालका बृध्दहरु छोडी भर्खरै जीवनका अनुभवहरु बटुल्न अगावै अल्प उमेरका मेरो प्रिय सोल्टिलाई टप्प टिपेर लाने, हे प्रभु म तपाईलाई के भनौ यो अन्याए भनौ वा बिधिको बिडम्बना? चोट खानेलाई मात्र थाहा हुन्छ चोटको पिडा यस घडि म उहाँको श्रीमती, प्यारो छोराहरु तथा सम्पुर्ण परिवारमाथी पर्न गएको यो बज्रपात पिडाको महसुस गर्दै धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित स्वर्गीय आत्मा प्रति हार्दिक श्रद्धाञ्‍जली चढाउदछु !!!


  • …….. मेरो जीवन ता हावाको एक झोँक्‍का मात्र हो भनी सम्‍झनुहोस्‌। मैले फेरि यो दिन देख्‍न पाउनेछैनँ। अहिले मलाई देख्‍ने आँखाले फेरि कहिल्‍यै देख्‍नेछैन, तपाईंले मलाई खोज्‍नुहुनेछ, तर म लोप भइहाल्‍नेछु।जसरी बादल फाटेर छताछुल्‍ल र लोप हुन्‍छ, त्‍यसरी नै चिहानमा जाने फेरि कहिल्‍यै फर्कनेछैन। त्‍यो फेरि कहिल्‍यै घरमा फर्केर आउँदैन, अनि त्‍यसलाई चिन्‍नेहरूले त्‍यसलाई बिर्सनेछन्‌। (अय्यूब ७:७-१०)


अति नै मिलनसार, आफ्नो भन्दा अरुको वास्ता गर्ने, सबै सँग मिल्ने कहिल्यै नरिसाउने हंसिलो र अरुलाई मनोरञ्‍जन दिइ खुसि राख्‍ने कडा परिश्रमी र क्षमासिल स्वभावको ब्यक्तित्वको रुप हो चेतु सोल्टी मात्रै ५१ वर्ष पुग्नु भएको थियो बहुप्रतिभाका धनि मेरो सोल्टिले हामी सबैलाई छोडेर जानु भयो। उहाँ यो दुनियामा नभए पनि उहाँको कला र सम्झना सधै रहिरहने छ।

पहिलो अनुभव:

सायद २०४०-४१ सालतिर हुनु पर्छ हाम्रो घर बनाउदा उहाँको बाबा (हाम्रो मामा) नाइके हुनुहुन्थ्यो र उहाँ कर्मी काम गर्नुहुन्थ्यो उहाँ सँगै मैले पनि काठ चिर्न सिकेको थिए दुवै जना मिठा मिठा कुरा गर्दै कर्मी काम गर्थ्यो हामी दुवै जना धेरै मिल्ने हुनाले कहिले कहीँ काम भन्दा कुरा धेरै हुदो रहेछ नाइके मामाले मलाई गाली गर्न अप्ठ्यारो लागेर होला मेरो गल्ती भए पनि आफ्नो छोरा मेरो सोल्टिलाई नै गाली गर्नु हुन्थ्यो। हामी दुइ जना साथमा भए पछि जस्ले गाली गरे पनि हाम्रो गफ र ठट्यौली कुनै कुराले रोक्ने थिएन। दिनभर कामको काम गर्थ्यौ रात परे पछि दुवै जना चिसापानी, गैरी गाँउ, माझ गाँउ, लाकुरी स्वार, खरिभञ्‍ज्याङ्ग तथा रङ्गरमाइलो जहाँ हुन्छ नपुगी नहुने जस्तै थिए।दिनभर कडा परिश्रम रातभर रमाइलो रङ्गरस ति पलहरु सम्झिदा भर्खरै जस्तो लाग्छ।आमा बुबा पाका पुरानाहरुको गाली खाँदा खाँदा हामी दुवै जना पाटिसकेका थियौ। तर रमाइलो गर्ने बानी घट्ने थिएन।

दोस्रो अनुभव :
चेतु सोल्टी, हस्त सोल्टी,  अरु १-२ जना साथीहरु भेला गराएर हरेक साँझ गहतेको सुबेदार मामाको
घरको हरियो दुबोले भरिभराउ चउर रातारात नाचेर धुलो उड्ने मैदान बनाएको पलहरु कहाँ भुल्नु सक्छ रा? मेरो बहिनी गौ माँयालाई आमा बुबाले जानदिने थिएन तर मैले कौसीको झ्यालबाट तल झारेर लिएर जान्थे त्यसो गर्नुमा मेरो दुइ ओटा स्वार्थ थियो।पहिलो स्वार्थ: राती एक्लै जानु डर लागेर, दोस्रो: सबै गीतहरुमा केटा मात्रै नाचेर नहुने हुनाले गौमाँया, मनु , भान्जी अनु र तुलसीलाई पनि खुब हिडालेका थिए।यसरी नाच्दै गाउदै रमाइलो गर्दै डाँडाथोक हुदै इलुङ्ग पोखरी मेलाबाट १० दिनमा घर आइपुगेका थिए।

तेस्रो अनुभव:

म बि.. २०६५ कार्तिक ९ गते कतार पुग्दा चेतु सोल्टी औधी खुसिहुनु भएको थियो।मलाई याद छ। कतारमा नेत्र भानिजलाई भेट्न जाँदा उहाँले भन्‍नु भएको मामाको त ङ्गोलो यहि छ।अब रमाइलो हुने भयो हो हामी दुइ जना भेट भए पछि कुनै न कुनै कार्यक्रम भइ नै हाल्थ्यो।हामीले दशै तिहार इद केही नछोडी कार्यक्रमहरु गरि धेरैलाई मनोरञ्‍जन दिन्थ्यौ।धेरै रमाइला अनुभवहरु मात्रमा सिमित हुने भए।

ङ्गोलो काइला
Date: 03 Jun 2020





April 26, 2011

पाङ्लीमा गारङमा इस्टर कार्यक्रम :





मलेसियको तेलोक पङ्लिमा गारङमा अबस्थित पाङ्लिमा गारङ नेपाली चौतारिमा यहि २४ अप्रिल २०११ (२०६८ बैसाख ११ आइतबार)सांझ इस्टर सांझ कार्यक्रम भब्यताका साथ् सम्पन्न भयो । मन्डली भवन् त्यति ठुलो नभए पनि सरदर १६० जना नपत्याउंदो ढंगले हल भित्र अटाइएको थियो, बस्ने सिट पर्याप्त नहुनाले करिब ३०,४० जना मित्रहरु कोहि भुइमा बस्ने र कोहि ढोकाको छेउमा उभिएर हेर्नु पर्‍यो । हामी परामेस्वरलाई धन्यबाद र वाहांहरु प्रति क्रीत्तक्ष छौ, यती अप्ठ्यारो हुँदा पनि साँढे २ घण्टाको कर्यक्रम शान्त पूर्ण रुपमा हेरिदिनु भयो । यस कर्यक्रममा दिदी बहिनिहरुको सहभागिता तथा उहाँहरुको स्वोर र बौरी उठ्यो ख्रिस्ट प्रभु येशु बोल गीतको न्रित्यले झनै कार्यक्रमको सोभा बढाउनु मात्र नभएर सम्पुर्ण दर्शकहरुलाई आफ्नो गाँउ घरको स्मरण गराउन सफल भएको थियो । उहाँहरुलाइ सहभागी गराउनु हुने सिस्टर पेमा सेर्पालाई परमेस्वरले धेरै आसिश दिनुभयको होस् । सिस्टर आरतीको मनमोहित पार्ने उदघोशण, ब्रदर नारायणको हृदय स्पर्सी गीत, ब्रदर मोहन गुरुङ र अशोक पहाडी भाईको ठेट नेपाली चुद्का नाच,ब्रदर भुपेन्द्र ट्मटाको स्वागत गीत,ब्रदर बिल कुमारद्वार रमाइलो खेल,जोन मेखद्वार प्रश्न उत्तर साथै क्लाङ नेपाली चौतारिबाट ब्रदर ललित गजमेर द्वरा भजन गीत अनी ब्रदर गंगा तमाङ द्वरा निर्देशित नाटकले यस बर्षको इस्टर कार्यक्रमको बिशेसता झल्काएको थियो । कार्यक्रम ब्रदर धन बहादुर श्रेष्ठको प्रार्थनबाट सुरु गरि अशोक भाइको सबैलाई जोस बढाउने इसाही हिन्दी डान्सद्वार अन्त्य गरिएको थियो । साथै रेभ॰ पास्टर एलानकोद्वार वाचित परमेस्वरको वचनले धेरैको हृदय छोइएको आभास पाइएका छौ ।

इशटर गीत :

बौरी उठ्यो हे (ख्रिस्ट प्रभु येशु) २
अन्धकारको शक्तिलाई तोडेर, अजम्बरी जीवनको उपहार लिएर
हो '' जनमेर मर्नु त संसारको रित हो २
मृत्‍यु पछि बाँचेर आउने संसारमा को छा रा '' येशु मात्र हो ।
हो '' शरीर त मर्छ नै आत्माको बिचारै २
दोश्रो मृत्‍यु डरलग्दो छा है येशुलाई अंगालौ '' मुक्ति पाउनलाई
विस्वास् गरौ है (प्रभु नै येशु) २
मृत्‍यु माथी बिजय पाउनलाई
अजम्बरी जीवनको उपहार लिनलाई
रचना: जोन मेख गुरुङ

January 18, 2011

पाङ्लीमा गाराङ नेपाली चौतारीको तेस्रो वार्षिक उत्सब तथा ख्रिस्ट्मस कार्यक्रम


पाङ्लीमा गाराङ नेपाली चौतारीको तेस्रो वार्षिक उत्सब तथा ख्रिस्ट्मस कार्यक्रम एक अबिस्मरणिय बन्न सफल भएका छन् । केही तिता र केही मीठा त हरेक कार्यक्रममा हुन्छन् नै । तर पनि यस बर्षको कर्यक्रममा राम्रो पक्षलाई लिनु पर्दा मण्डलीका अधिकाँस साथिहरुले बिहानै देखि खल्खल्दी पसिना बगाउदै सरसफाइ,स्रीङगार देखि चिया, खाना पकाउने काममा ब्यस्त भएको देखिन्थ्यो अझै क्लाङ उतामाबाट मनमाँया गुरुङ, पेमा शेर्पा र पोर्ट क्लाङ्बाट कोमल टमटा बहिनीले पनि अती बिहानदेखी नै पकाउने काममा सघाउनु भएको थियो । अझै रुबन घले भाईलाई त झन भुल्नै सकिदैन किनकी करिब १० चोटि त समान लिनु दोकानमा जानु परयोहोला हस्याङ पस्याङ गर्दै । लाज्रस भाई र प्रकास भाई स्टेचमा नाच तयार गर्नमा ब्यस्त थिए उता कोमल बहिनी एक्लै भित्रिकोठामा आफ्नो न्रित्य तयार गर्नमा बेस्त देखिन्थ्यो बास्तवमा भन्नेहो भने कोहि पनि खाली थियन । हामीले सबै कामहरु लगभग साँझ ६ बजे तिर सकेका थियौ होला । तेसपछी खाज नास्ता गरिसके पछि केही समय प्रार्थनमा बितायौ । कार्यक्रम साँझ ८ बजेबाट सुरुहुने योजना थियो, के एल को ख्रिस्ट्मस कार्यक्रम सिध्याएर ब्रदर गंगा तामाँङ, ललित गजमेर , निर्मल, अजय आइपुग्नु भयो तर बोलाइएको पाहुनाहरु न आइपुगेको देख्दा कता कता तितो पनाले छुन थाल्यो । गत वर्षहरुमा त एम एम के (क्लङ नेपाली चौतारी) बाट गाडी पठाइदिनु हुनुहुनथ्यो र मानिसको खचाखच हुन्थे तर एसपटक त झन ख्रिस्ट्मस्कै दिन थियो त्यो सुबिधा नै कटौती भएछ । नेपालमा हुँदा त ख्रिस्ट्मसको दिन कार्यक्रमको ब्यस्त हुन्थ्यो मलेसियामा त येसुख्रिस्टको जन्मदिनमा छुट्टी मनाएर घरघरमा आरम गर्दारहेछन । फास्वरुप यो वर्ष बाधा हुन गयो । हामीले सदा झै यो वर्ष पनि १०० जना जतिको योजनामा खाना तयार परेका थियौ तर ८ बजे सम्म पनि हल खालिनै देख्दा निकै हतास भयौ र हतार हतार स्थानिय पासटर तिमोथीको सहयोगमा १०० आर एम तिरी एउटा बस भाडामा लियौ फलस्वरुप १५ मिनेटमै पाहुनाहरुले कोठा भरियो परमेस्वरको यो अतुलनिए चमत्कारलाई हामीले धन्यबाद दिनु पर्दछ उहाँले सहि समयमा सहि बुध्दी दिनु भयो । अनी प्रसस्त खुशी र आनन्दको साथमा भनेको समय भन्दा २० मिनेट पछाडि भए पनि सफलता पुर्वक कार्यक्रम गरियो । पाङ्लिमा गाराङ नेपाली चौतारीको आशिषमय स्वागत गीत, कोमल बहिनीको शुभकामना न्रित्य,बिलकुमार लामाको एकल गीत तथा रमाइलो खेलले कार्यक्रामको बिसेषता झल्काएको थियो भने पेमा बहिनीले ढोकाको छेउमा बसी गरिएको स्वागत, नाम दर्ता चिया पान तथा डी भी डी बिक्री बितरण्, ब्रदर गंगा,ललित र बिनोदको नाटकले सुनमा सुगन्ध थपिदिएको थियो भने ब्रदर भुपेन्द्र टमटाको हाजिरजवाफ, प्रकास भाई र लाजरस भाईको न्रित्यले सम्पुर्ण दर्सकमा जोस र उत्साहा उब्जाएको थियो । रेभ० एलानकोद्वार अती उत्साह अनी ह्रिदय छुने परमेस्वरको वचनले सबैलाई मोहित पारेका थिए ।

January 14, 2011

Panglima Garang Nepali Chautari (Malaysia)



Panglima Garang Nepali chautari is a Nepali fellowship center, which has been started throw 2 person’s fellowship since 11 August 2007. They were continually praying, & doing fellowship each Sunday Grace Revival Assembly church with local Tamil group, after few week same church pastor Timothy and brother Pitar Shan had helped to start Nepali fellowship same day after tamil service. It was so great opportunity for us. Such as God has done miracle things. The number of member was increasing, we could meet new members every week. When the number of member were increasing, another problem ahead in front of us. We didn't have extra bible, so we needed Nepali bibles. Some of friends were so existed to Baptist but we didn’t have anointed Pastor to baptize them. So we started to search Nepali fellowship church, after 3 month we got a chance to visit Klang Nepali chautari & Brother Pasang David Sherpa. It is so great blessed of God; than 25 November 2007 throws MMK Malaysia with great evangelism meeting this PANGLIMA GARANG NEPALI CHAUTARI has been opened by the grace of God.
Bro. John Mekha

तिर्थमान र नसोचेको आशिष

                    सुन्दर बजार नगरपालिका वडा न:९ गहते निवासी बुबा मेख बहादुर गुरुङ्ग र आमा मिन कुमारी  गुरुङ्गको कोखबाट बिक्रम सम्बत २०५० ...