May 25, 2011

सोल्टी र म

हरेक स्‍त्रीबाट जन्‍मेको मानिस अल्‍पआयुको र अशान्‍तिले भरिएको हुन्‍छ,  त्‍यो फूलझैँ फक्रन्‍छ र ओइलाइहाल्‍छ। त्‍यो क्षणिक छायाजस्‍तै हराइहाल्‍छ, रहँदैन (अय्यूब १४:१-२)

किन यस्तो घट्ना सुन्‍नु परेको होला यि कानहरुले बरु कानै नभइदिएको भए कस्तो हुन्थ्यो होला।किन यो दिन देख्‍न परेको मैले जब पिडा सहन मुटु नै फुटे जस्तो हुन्छ भने दैव पनि कस्तो निष्‍ठुरी बाध्यतामा असाह्य कष्‍टहरु सहदै रोई रोई मृत्यु पुकारी पर्खिरहेका अनागिन्ति बेहालका बृध्दहरु छोडी भर्खरै जीवनका अनुभवहरु बटुल्न अगावै अल्प उमेरका मेरो प्रिय सोल्टिलाई टप्प टिपेर लाने, हे प्रभु म तपाईलाई के भनौ यो अन्याए भनौ वा बिधिको बिडम्बना? चोट खानेलाई मात्र थाहा हुन्छ चोटको पिडा यस घडि म उहाँको श्रीमती, प्यारो छोराहरु तथा सम्पुर्ण परिवारमाथी पर्न गएको यो बज्रपात पिडाको महसुस गर्दै धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित स्वर्गीय आत्मा प्रति हार्दिक श्रद्धाञ्‍जली चढाउदछु !!!


  • …….. मेरो जीवन ता हावाको एक झोँक्‍का मात्र हो भनी सम्‍झनुहोस्‌। मैले फेरि यो दिन देख्‍न पाउनेछैनँ। अहिले मलाई देख्‍ने आँखाले फेरि कहिल्‍यै देख्‍नेछैन, तपाईंले मलाई खोज्‍नुहुनेछ, तर म लोप भइहाल्‍नेछु।जसरी बादल फाटेर छताछुल्‍ल र लोप हुन्‍छ, त्‍यसरी नै चिहानमा जाने फेरि कहिल्‍यै फर्कनेछैन। त्‍यो फेरि कहिल्‍यै घरमा फर्केर आउँदैन, अनि त्‍यसलाई चिन्‍नेहरूले त्‍यसलाई बिर्सनेछन्‌। (अय्यूब ७:७-१०)


अति नै मिलनसार, आफ्नो भन्दा अरुको वास्ता गर्ने, सबै सँग मिल्ने कहिल्यै नरिसाउने हंसिलो र अरुलाई मनोरञ्‍जन दिइ खुसि राख्‍ने कडा परिश्रमी र क्षमासिल स्वभावको ब्यक्तित्वको रुप हो चेतु सोल्टी मात्रै ५१ वर्ष पुग्नु भएको थियो बहुप्रतिभाका धनि मेरो सोल्टिले हामी सबैलाई छोडेर जानु भयो। उहाँ यो दुनियामा नभए पनि उहाँको कला र सम्झना सधै रहिरहने छ।

पहिलो अनुभव:

सायद २०४०-४१ सालतिर हुनु पर्छ हाम्रो घर बनाउदा उहाँको बाबा (हाम्रो मामा) नाइके हुनुहुन्थ्यो र उहाँ कर्मी काम गर्नुहुन्थ्यो उहाँ सँगै मैले पनि काठ चिर्न सिकेको थिए दुवै जना मिठा मिठा कुरा गर्दै कर्मी काम गर्थ्यो हामी दुवै जना धेरै मिल्ने हुनाले कहिले कहीँ काम भन्दा कुरा धेरै हुदो रहेछ नाइके मामाले मलाई गाली गर्न अप्ठ्यारो लागेर होला मेरो गल्ती भए पनि आफ्नो छोरा मेरो सोल्टिलाई नै गाली गर्नु हुन्थ्यो। हामी दुइ जना साथमा भए पछि जस्ले गाली गरे पनि हाम्रो गफ र ठट्यौली कुनै कुराले रोक्ने थिएन। दिनभर कामको काम गर्थ्यौ रात परे पछि दुवै जना चिसापानी, गैरी गाँउ, माझ गाँउ, लाकुरी स्वार, खरिभञ्‍ज्याङ्ग तथा रङ्गरमाइलो जहाँ हुन्छ नपुगी नहुने जस्तै थिए।दिनभर कडा परिश्रम रातभर रमाइलो रङ्गरस ति पलहरु सम्झिदा भर्खरै जस्तो लाग्छ।आमा बुबा पाका पुरानाहरुको गाली खाँदा खाँदा हामी दुवै जना पाटिसकेका थियौ। तर रमाइलो गर्ने बानी घट्ने थिएन।

दोस्रो अनुभव :
चेतु सोल्टी, हस्त सोल्टी,  अरु १-२ जना साथीहरु भेला गराएर हरेक साँझ गहतेको सुबेदार मामाको
घरको हरियो दुबोले भरिभराउ चउर रातारात नाचेर धुलो उड्ने मैदान बनाएको पलहरु कहाँ भुल्नु सक्छ रा? मेरो बहिनी गौ माँयालाई आमा बुबाले जानदिने थिएन तर मैले कौसीको झ्यालबाट तल झारेर लिएर जान्थे त्यसो गर्नुमा मेरो दुइ ओटा स्वार्थ थियो।पहिलो स्वार्थ: राती एक्लै जानु डर लागेर, दोस्रो: सबै गीतहरुमा केटा मात्रै नाचेर नहुने हुनाले गौमाँया, मनु , भान्जी अनु र तुलसीलाई पनि खुब हिडालेका थिए।यसरी नाच्दै गाउदै रमाइलो गर्दै डाँडाथोक हुदै इलुङ्ग पोखरी मेलाबाट १० दिनमा घर आइपुगेका थिए।

तेस्रो अनुभव:

म बि.. २०६५ कार्तिक ९ गते कतार पुग्दा चेतु सोल्टी औधी खुसिहुनु भएको थियो।मलाई याद छ। कतारमा नेत्र भानिजलाई भेट्न जाँदा उहाँले भन्‍नु भएको मामाको त ङ्गोलो यहि छ।अब रमाइलो हुने भयो हो हामी दुइ जना भेट भए पछि कुनै न कुनै कार्यक्रम भइ नै हाल्थ्यो।हामीले दशै तिहार इद केही नछोडी कार्यक्रमहरु गरि धेरैलाई मनोरञ्‍जन दिन्थ्यौ।धेरै रमाइला अनुभवहरु मात्रमा सिमित हुने भए।

ङ्गोलो काइला
Date: 03 Jun 2020





No comments:

Post a Comment

Please think positive and comment positively.

तिर्थमान र नसोचेको आशिष

                    सुन्दर बजार नगरपालिका वडा न:९ गहते निवासी बुबा मेख बहादुर गुरुङ्ग र आमा मिन कुमारी  गुरुङ्गको कोखबाट बिक्रम सम्बत २०५० ...