April 26, 2011

पाङ्लीमा गारङमा इस्टर कार्यक्रम :





मलेसियको तेलोक पङ्लिमा गारङमा अबस्थित पाङ्लिमा गारङ नेपाली चौतारिमा यहि २४ अप्रिल २०११ (२०६८ बैसाख ११ आइतबार)सांझ इस्टर सांझ कार्यक्रम भब्यताका साथ् सम्पन्न भयो । मन्डली भवन् त्यति ठुलो नभए पनि सरदर १६० जना नपत्याउंदो ढंगले हल भित्र अटाइएको थियो, बस्ने सिट पर्याप्त नहुनाले करिब ३०,४० जना मित्रहरु कोहि भुइमा बस्ने र कोहि ढोकाको छेउमा उभिएर हेर्नु पर्‍यो । हामी परामेस्वरलाई धन्यबाद र वाहांहरु प्रति क्रीत्तक्ष छौ, यती अप्ठ्यारो हुँदा पनि साँढे २ घण्टाको कर्यक्रम शान्त पूर्ण रुपमा हेरिदिनु भयो । यस कर्यक्रममा दिदी बहिनिहरुको सहभागिता तथा उहाँहरुको स्वोर र बौरी उठ्यो ख्रिस्ट प्रभु येशु बोल गीतको न्रित्यले झनै कार्यक्रमको सोभा बढाउनु मात्र नभएर सम्पुर्ण दर्शकहरुलाई आफ्नो गाँउ घरको स्मरण गराउन सफल भएको थियो । उहाँहरुलाइ सहभागी गराउनु हुने सिस्टर पेमा सेर्पालाई परमेस्वरले धेरै आसिश दिनुभयको होस् । सिस्टर आरतीको मनमोहित पार्ने उदघोशण, ब्रदर नारायणको हृदय स्पर्सी गीत, ब्रदर मोहन गुरुङ र अशोक पहाडी भाईको ठेट नेपाली चुद्का नाच,ब्रदर भुपेन्द्र ट्मटाको स्वागत गीत,ब्रदर बिल कुमारद्वार रमाइलो खेल,जोन मेखद्वार प्रश्न उत्तर साथै क्लाङ नेपाली चौतारिबाट ब्रदर ललित गजमेर द्वरा भजन गीत अनी ब्रदर गंगा तमाङ द्वरा निर्देशित नाटकले यस बर्षको इस्टर कार्यक्रमको बिशेसता झल्काएको थियो । कार्यक्रम ब्रदर धन बहादुर श्रेष्ठको प्रार्थनबाट सुरु गरि अशोक भाइको सबैलाई जोस बढाउने इसाही हिन्दी डान्सद्वार अन्त्य गरिएको थियो । साथै रेभ॰ पास्टर एलानकोद्वार वाचित परमेस्वरको वचनले धेरैको हृदय छोइएको आभास पाइएका छौ ।

इशटर गीत :

बौरी उठ्यो हे (ख्रिस्ट प्रभु येशु) २
अन्धकारको शक्तिलाई तोडेर, अजम्बरी जीवनको उपहार लिएर
हो '' जनमेर मर्नु त संसारको रित हो २
मृत्‍यु पछि बाँचेर आउने संसारमा को छा रा '' येशु मात्र हो ।
हो '' शरीर त मर्छ नै आत्माको बिचारै २
दोश्रो मृत्‍यु डरलग्दो छा है येशुलाई अंगालौ '' मुक्ति पाउनलाई
विस्वास् गरौ है (प्रभु नै येशु) २
मृत्‍यु माथी बिजय पाउनलाई
अजम्बरी जीवनको उपहार लिनलाई
रचना: जोन मेख गुरुङ

No comments:

Post a Comment

Please think positive and comment positively.

तिर्थमान र नसोचेको आशिष

                    सुन्दर बजार नगरपालिका वडा न:९ गहते निवासी बुबा मेख बहादुर गुरुङ्ग र आमा मिन कुमारी  गुरुङ्गको कोखबाट बिक्रम सम्बत २०५० ...