August 09, 2020

तिर्थमान र नसोचेको आशिष


                सुन्दर बजार नगरपालिका वडा न:९ गहते निवासी बुबा मेख बहादुर गुरुङ्ग र आमा मिन कुमारी गुरुङ्गको कोखबाट बिक्रम सम्बत २०५० भदौ ७ गते जन्म भएको तिर्थमान गुरुङ्ग जन्मिएको सात दिनमै जेन्डिस भएको थियो।स्थानिय स्वास्थ्य केन्द्रबाट उपचार गराए पछि फेरी टाइफाइट ज्वरोले ग्रसित हुन पुग्यो।यसरी एक पछि अर्को गर्दै बिरामीको चपेटामा परेका तिर्थमान ८ वर्ष पुगिसक्दा पनि उठेर बस्न सम्म सकेका थिएनन् उनलाई दिनहूँ आमा वा बुबाले दिसा पिसाव तथा खुवाउने पियाउने गर्नु पर्दथ्यो।त्यस पछिका एक भाइ र बहिनि शारिरिक रुपमा तन्दुरुस्त छन् तर उ मात्र त्यो अवस्थामा हुदा परिवारमा हुन सम्म बेचैन थियो।

उसको उपचारको निम्ति पोखराको बिभिन्‍न प्राइभेट तथा सरकारी अस्पताल (गण्डकी) मा लामो समय उपचार गराए तर कुनै सुधार हुन सकेनन् त्यति मात्र हैन देखेका र चिनेका गाँउ घरमा भएका धामी-झाँक्रि­­­­,देवी-देवता, मठ-मन्दिर, तिर्थ-ब्रत केहि बाँकी राखेका थिएन उसको उपचारमा भौतारिदा भौतारिदै पोखरामा एउटा चर्चको अगुवा भेटियो उहाँकै सल्लाह अनुसार हामीले एक दिन तिर्थमानलाई मालेपाटन नजिकै पर्साङको चर्च संगतीमा लगियो जहाँ मलाई लाग्छ प्रेरित ३:७,८ होला (……तुरुन्‍तै त्‍यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो।अनि जुरुक्‍कै उठेर त्‍यो खड़ा भयो र हिँड्‌न थाल्‍यो) भन्‍ने बचन प्रचार भइरहेका थिए जुन बचनले हाम्रो मन छोयो भित्रैबाट बिश्‍वास तथा आषा लाग्न थाले र हामी हरेक हप्‍ता जान थाल्यौ र दिन प्रतिदिन विश्‍वास बढ्दै गए।एक पटक (२०४९ तिर होला) पोखरा नदिपुरमा चङ्गाई कार्यक्रम थियो जहाँ सबैले प्रार्थना गर्दै गर्दा ८-९ वर्ष सम्म ओछ्यान नछोडेको केटा सबैलाई चकित पार्दै जुरुक्‍क उठेर धर्मरिदै २,३ फन्को मारेको थियो।यसले झन हामीमा बढी बिश्‍वास लाग्न थाले।त्यस पछि हामीले उपचार गर्न छोडेर प्रभु येशूमा मात्र बिश्‍वास गरि प्रार्थना गरि रह्यौ।

तिर्थमान करिब १२ वर्ष पुगे पछि बल्‍ल हल्का उभिन थाले तर खुवाउन र दिसा पिसाब गर्न अरुले सहायता गर्नु पर्दथ्यो।करिब १५-१६ वर्ष पुगेपछि बल्‍ल उस्ले आफ्नो खुट्टाले खान थालेका हुन।अझै पनि हातले केहि गर्नु सक्दैनन् जे गर्नु पर्ने हो खुट्टैले मात्र गर्ने गर्दछन्।उसले स्कुल कहिल्यै देख्‍नु पाएनन् तर बाइबल राम्रोसँग पढ्न र खुट्टाले नै लेख्‍न पनि सक्दछ।सधै कोठा भित्र थुनिएर बस्ने तिर्थमानको मनोरञ्‍जन तथा साथी नै मोवाइल मात्र थियो। फेसबुक चलाउनु र गेम खेल्नु उसलाई कसैले सिकाउनु परेन खुट्टैले टाइप गरेर बचनहरु हाल्ने र आर्ट गर्ने उसको राम्रो बानी अझै छ।त्यही फेसबुक मार्फत स्याङजा जिल्ला, पुतली बजार वडा न:८ घर भइ कन्या क्याम्पस नदिपुर पोखरामा कक्षा ११ मा अध्ययनरत सुश्री कल्पना थापा (मगर) सँग साथी तथा गहिरो सम्बन्धमा डुब्न पुगेको दुवै जनालाई पत्तै लागेनछ।तिर्थमान सारिरिक रुपमा असक्ष्यम भएता पनि शारिरक सक्ष्यम तथा ‌११ कक्षा पढ्दै गरेकी सुन्दर कल्पना उनको जीवनमा साथी बन्‍नु आउदा झट्ट हेर्दा कस्लाई पो बिश्‍वास लाग्थ्यो होला रपनि तिमोथीले आफ्नो शरिरको बारेमा हुबहु बताउदा बताउदै पनि कल्पना थापाले कुनै हालतमा नत्याग्ने र जीवनभर साथ दिने बाचा गरि लकडाउन हुदाहुदै कसैको गाडीमा महङ्गो भाडा तिरी पोखराबाट २०७७ असारको अन्तिम हप्‍तातिर तिर्थमानलाई भेट्न काठमण्डौ आउनु भएको थियो यो भेटघाटले उनिहरुको सम्बन्धमा झनै सुमधुर बनायो।एक अर्का विना बाँच्नै नसकिने देखिएको हुनाले यो जोडीको बिषयमा सोच्न बाध्य बनायो र मैले कल्पना नानीलाई पहिलो भेटमा यसरी सोधेको थिए नानी मेरो छोरा यस्तो प्रकारको अति असक्ष्यम देख्दा देख्दै कुन आधारमा मन परायौ? कल्पनाको जवाफ थियो यहि शारिरिक असक्ष्यम भएको कारण मैले हजुरको छोरालाई मन पराएको हुं।मसँग कुनै जवाफ थिएन म हेरिरहे र सोचिरहे कस्तो असाधरण हृदय भएकी नारी अधिकांश नारिहरु कुसल स्वभाव, सुन्दर शरिर, शिक्षित तथा सम्पत्ती भएको पुरुष रोज्छन् तर कल्पना थापा हजारौमा एक नारी होला शारिरिक अशक्षम, अशिक्षित र टुटेको परिवारमा हुरकिएको मुस्किलैले कोठा भित्र बाहीरा मात्र गर्न सक्ने पुरुषलाई आफ्नो जीवन साथीको रुपमा छानेकी छिन। हृदयमा खुसिले गदगदहुदै मनैबाट सोलुट गरें र भन्‍न थाले नानी पहिला आफ्नो आमा बुबासँग सल्लाह गर्नु वाहाहरुको अनुमति र आशिषबाट मात्र यो विवाह सम्पन्न हुन सक्छ।हुनसक्छ भने बुबा वा आमालाई पनि साथमा ल्याउनु भनेर उही दिन नानीलाई आफ्नो घर जानु भनि म फर्किए। त्यही दिन नानी स्याङजा जानु भयो घरमा सल्लाह गरेर हप्ता दिन पनि नपुग्दै कल्पना नानी फेरी तिर्थमान निर आउनुभयो।नानी एक्लै आउनुभएको हुनाले मैले नानीको घरको फोन नम्बर मागी कल गरे बुबाले फोन उठाउनु भयो तर आमा बोलनु भयो मैले सबै कुराहरु सोधे र आमाबाट पनि यो विवाहमा सहमती भेट्टाए।त्यस पछि बल्ल पास्टर प्रकास दाहाल (काठमण्डौ मण्डली) र पास्टर डेभिड आचार्य (नेपाल शान्ति चर्च)

ज्यूहरुको सहयोगमा बिक्रम सम्वत २०७७ श्रावण १२ गते (२७ जुलाइ २०२०) सोमबारको दिन पवित्र विवाह सम्पन्‍न भयो।

कसैले पनि सोचेको थिएन होला मेरो तिर्थामानले जीवन साथी पाउन सक्छ भनेर दिनहु कोठा भित्र थुन्‍निएर मोवाइलमा गेम खेल्न बाहेक जीवनमा अरु केहि गर्नु सक्ला रा जस्तो लाग्नु स्वभाविकै थियो तर हामी स्वर्ग र पृथ्वी सृस्टि गर्नुहुने परमप्रभुमा भरोसा राखेको कारण उहाँले तिर्थमानको जीवनमा आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो।उत्पत्ति २:१८ फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु। परमेश्‍वरले कहिल्यै पनि झुट बोल्न सक्नुहुन्‍न कारण उहाँ हामी जस्ता मानिस हुनुहुन्‍न।(तीतस १:२ जुन विश्‍वास र ज्ञान अनन्‍त जीवनको आशामा स्‍थिर छन्‌, अनि कहिल्‍यै झूट नबोल्‍नुहुने परमेश्‍वरले अनन्‍त कालदेखि प्रतिज्ञा गर्नुभयो) मानिसले आफ्नो स्वार्थ पुर्तिको निम्ती पटक पटक ढाँट्न सक्छ तर यस घट्नाले यो प्रमाणित गरिदियो कि परमेश्‍वरले ढाँट्न सक्नुहुन्‍न र उहाँमाथी भरोसा गर्ने जो कोहिलाई लाजमा पनि पर्न दिनु हन्‍न।परमेश्‍वर प्रेम हुनुहुन्छ।उहाँ हामी सबैलाई प्रेम गर्नुहुन्छ। चाहे शारिरीक अशक्ष्यम होस वा शक्ष्यम उहाँको प्रेम र न्यायमा कुनै भेदभाव छैन।परमेश्‍वरको नजरमा हामी सबै बराबर छौ र प्रभु येशूको आज्ञा पनि यहि छ हामी उहाँ जस्तै आत्मिक र मानसिक रुपमा शिध्द हुनु पर्दछ।म देख्दछु कतिपए मानिसहरु शारिरीक रुपमा सक्ष्यम भएतापनि मानसिक अपांगता बोकिरहेका हुन्छन् भएभरका सहयोग र मद्दत उनिहरु आफ्नै लागी मात्रै खोज्दछन्।तर शिध्द र सपांग ब्यक्ति उही हो जो शारिरिक अपांगहरुको सहयोग गर्दछन् उनिहरुलाई जीउन सिकाउछन् ति हजारौमा एकको ‌औषतमा पाउन सक्छ।यो ज्वालन्त एक उदाहरण हो कल्पना थापा जस्ले शारिरिक रुपमा असक्ष्यम तिर्थमानसँग जीवनभर साथदिने पवित्र विवाहको डोरिमा बाँधिएर साथदिन राजी भइन।उसको साहाराको आवस्यकता बुझ्न सक्यो।उसको भावना र आम मानिसका जस्तै शारिरिक चाहनाको आभाष महसुस गर्न सक्यो।परमेश्‍वरले यो जोडीलाई जीवनभर उहाँको प्रशस्तताबाट आशिष दिउन्। समय परिस्थिति तथा आपतविपतले जीवनको अनितम घडीसम्म मृत्यूले बाहेक कुनै पनि कुराहरुले उनिहरुलाई अलग नगरुन।(मत्ती १९:६ ती अब दुई होइनन्‌, तर एउटै शरीर हुन्‍छन्‌। यसकारण परमेश्‍वरले जसलाई एकसाथ जोर्नुभएको छ, त्‍यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।) 


तिर्थमान र नसोचेको आशिष

                    सुन्दर बजार नगरपालिका वडा न:९ गहते निवासी बुबा मेख बहादुर गुरुङ्ग र आमा मिन कुमारी  गुरुङ्गको कोखबाट बिक्रम सम्बत २०५० ...